LOADING PLEASE WAIT
Image
RESERVATION Image +977 1 4219022, 4249617, 4246462
WHAT WE CAN GIVE TO OUR GUESTS

होटल हिमालयन अशोका प्रा.लि.को प्रथम ऐतिहासिक साधारण सभा भव्य रूपमा सम्पन्न (फोटो फिचरसहित)

Himalayan Kingdom of Nepal "Home of the Shows" which is situated between China in the North and India in the East, West and South respectively. Beautiful Himalayan Kingdom of Nepal along offers great diversity people, ethnic group's cultures geography flora and fauna.

Description :

१९ साउन, काठमाडौं । हिमालयन प्रिमियम ग्रुप (HPG) द्वारा सञ्चालित होटल हिमालयन अशोक प्रा.लि. ले आफनो प्रथम वार्षिक साधारण सभामै शेयर होल्डरहरूलाई १० प्रतिशत नाफा बाढ्न सफल भएको छ ।

प्रथम वार्षिक साधारण सभा समुद्घाटन कार्यक्रमलाई सम्बोधन गदैँ होटल हिमालयन अशोका प्रा.लि. को अध्यक्ष चेतनारायण न्यौपानेले सो कुरा बताउनु भयो । उहाँले आगामी दिनमा हिमालयन प्रिमियम ग्रुप प्रा.ली.ले विभिन्न क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

अध्यक्ष न्यौपानेले होटलको साखा विस्तार कार्यलाई सातै पर्देशमा लानका लागि आफुहरु लागिरहेको खुलासा गरेका छन् । साथै कृषि, जल, हाइड्रो, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा लगानी गर्नका लागि हिमालयन प्रिमियम ग्रुप प्रा.ली. लागिरहेको बताउनुभयो।

त्यस्तै सोही कार्यक्रममा सञ्चालक समिति सदस्य महेन्द्रकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै एक वर्षकै छोटो अवधिमा होटल प्रिमियम ग्रुप प्रा.ली.ले ठूलो फड्को मार्न सफल भएकोमा खुसी व्यक्त गुर्नभयो । यसका साथै यस कार्यबाट आगामी दिनमा धेरै युवाहरुलाई रोजगारी सिर्जना गर्ने क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य लिएको छौं ।

सोही कार्यक्रममा प्रमुख अतिथि होटल व्यवसायी संघ (हान)का महासचिव साजन शाक्यले होटललाई राम्रो सँग सञ्चालन गर्न व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । सफा, स्वच्छ कोठाको साथमा समयमै ग्राहकको रुचिअनुसारको खानाको डिमाण्डलाई पुरा गर्न सकेमा ग्राहकहरु रेगुलर होटलमा आउने हुँदा होटल व्यवसाय फस्टाउन ।

लोकदोहोरी गायक ज्योती न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरुमा पर्यटन व्यवसायी केशव पाण्डे, पत्रकार सुशान्त न्यौपाने, जमुना धमला, कलाकार विष्णु न्यौपाने, योग गुरु युक्त गिरी लगायतका थिए । कार्यक्रममा समाजका विशिष्ट श्रेणिका मानिसहरु, पत्रकार, कलाकार तथा बुद्धिजिवीहरूको बाक्लो उपस्थित रहेको थियो ।

HOTEL HIMALAYAN'S ROOMS

Our Connect